राफिनाको निर्णायक गोलमा बार्सिलोना विजयी - Crazysaptahik.com

राफिनाको निर्णायक गोलमा बार्सिलोना विजयी

एथ्लेटिक बिल्बाओविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो ९ अंकको अग्रता कायम राख्न सफल भएको छ । शनिबार रियल मड्रिडले एस्पानियोललाई हराउँदै बार्साको अग्रता ६ अंकमा झारेको थियो ।पहिलो हाफको इन्जुरी समयमा राफिनाले गरेको एक मात्र खेलमा निर्णायक बन्यो ।

बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले बिल्बाओका थुपै प्रहारहरू विफल बनाएका थिए । अब बार्सा र रियल आइतबार नोउ क्याम्पमा एल क्लासिकोका लागि आमनेसामने हुनेछन् । २५ खेलपछि बार्साको ६५ अंक रहेको छ भने रियल ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खवर