बार्साले रेफ्री किनेको आरोप, एथ्लेटिक फ्यानले उडाए नक्कली पैसा - Crazysaptahik.com

बार्साले रेफ्री किनेको आरोप, एथ्लेटिक फ्यानले उडाए नक्कली पैसा

एथ्लेटिक बिल्बाओका समर्थकले स्टेडियममा नक्कली नोट उडाउँदै पैसा दिएर रेफ्री खरिद गरेको आरोप लागेको बार्सिलोनालाई गिज्याएको छ । आइतबार राति सान माम्समा भएको खेलमा उनीहरुले बार्साको ब्याज रहेको तथा ‘माफिया’ र डलरको संकेत भएको नक्कली नोट स्टेडियममा उडाएका हुन् ।

टेक्निकल कमिटी अफ रेफ्री (सीटीए) का पूर्व उपाध्यक्ष जोसे मारिया एनरिकेलाई रकम प्रदान गरेको विषयमा बार्सामाथि अनुसन्धान हुँदैछ । क्लबले एनरिकेलाई सन् २००१ देखि २०१८ को बीचमा ७४ लाख डलर उपलब्ध गराएको थियो।

अभियोजकले यसबारे अनुसन्धान गरिरहेको छ । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले भने आफ्नो क्लब निर्दोष भएको बताएका छन् ।

सम्बन्धित खवर