पथरीका टिकारामको उपचारमा सहयोगको अपील - Crazysaptahik.com

पथरीका टिकारामको उपचारमा सहयोगको अपील

क्रेजी संवादाता,

उर्लाबारी । आमाशय र आन्द्रा ड्यामेज भएर काठमाडौंको टिचिङ हस्पिटलमा उपचाररत मोरङको पथरी शनिश्चरे–३ सुन्दरी चौक सिद्धार्थ टोलका टिकाराम शेर्मा (टिकु) को उपचारमा सहयोगका अपील गरिएको छ । तीन महिनादेखि टिचिङ हस्पिटलको आइसीयूमा उपचाररत शेर्माको उपचारमा हालसम्म १० लाखभन्दा बढी खर्च भइसकेको छ ।

उपचारमा भएभरको सम्पत्ति सकिएपछि ३५ वर्षीय टिकुको उपचारका लागि परिवारले सहयोगका लागि सबै सक्षम आग्रह गरेको हो । ‘तीन महिनादेखि आइसीयुमा राखेर उपचार भइरहेको छ’ टिकुकी श्रीमती सुस्मा घलेले भनिन्, ‘आफूसँग भएको पैसा पनि सकियो, ऋण खोजेर पनि खर्च गरियो अब थप उपचारका लागि पैसा छैन ।’

‘उहाँ निको भएर घर फर्कन चाहनुहुन्छ’ श्रीमती घलेले भनिन्, ‘सबैको साथ सहयोग रह्यो भने उपचार सम्भव होला ।’ उनले देशविदेशमा रहेका मनकारी नेपाली दाजुभाइ, दिदीबहिनीलाई सहयोगका लागि आग्रह गरेकी छन् । सहयोग गर्न इच्छुकले टिकुकी श्रीमती सुस्माको फोन ९८०२७०९६११ वा बिरामीसँगै रहेका दाइ सूर्यकुमार गुरुङको नाममा रहेको सिद्धार्थ बैंकको खाता नम्बर ०२४१८८६३४६० मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

सम्बन्धित खवर