निर्णायक खेल हेर्न कीर्तिपुर मैदानमा प्रधानमन्त्रीसहित दर्शकहरुको खचाखच - Crazysaptahik.com

निर्णायक खेल हेर्न कीर्तिपुर मैदानमा प्रधानमन्त्रीसहित दर्शकहरुको खचाखच

नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेका छदन् । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् ।

लिगको अन्तिम खेल आज नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ । उनले नेपाली खेलाडीलाई विजयको शुभकामना समेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कीर्तिपुर मैदानमा आजको खेल हेर्न ठूलो सङ्ख्यामा नेपाली दर्शक पुगेका छन् ।

 

अनुहारमा नेपाली झण्डाको रङ्ग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् ।प्रधानमन्त्री दाहाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति कीर्तिपुर मैदानमा रहेको छ ।

सम्बन्धित खवर