विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्ने बागमती प्रदेश सरकारको घोषणा - Crazysaptahik.com

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्ने बागमती प्रदेश सरकारको घोषणा

विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन् ।

‘खेलाडीको सम्मान र हौसलाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौँ’, उनले भने । बागमती प्रदेशका खेलाडीहरू समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जमरकट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना दिएका छन् ।

नेपालले बिहीबार घरेलु मैदान कीर्तिपुरमा युएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो ।

सम्बन्धित खवर