अव्यवस्थित पार्किङ गरी राखिएका सवारी साधनलाई कारवाही - Crazysaptahik.com

अव्यवस्थित पार्किङ गरी राखिएका सवारी साधनलाई कारवाही

क्रेजी संवादाता,

पथरीशनिश्चरे, चैत ७
पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा अवस्थित पथरी बजारमा आज अतिक्रमित गरी ब्यापार गर्ने र अव्यवस्थित पार्किङ गरी राखिएका सवारी साधनहरुलाई कारवाही गरिएको छ ।

पथरीशनिश्चरे नगर कार्यपालिका अन्तर्गतको भौतिक पूर्वाधार समितिका संयोजक विरध्वज शिवा, नगरपालिकाका योजना तथा प्रशासन शाखाका कर्मचारीहरु, नगर प्रहरी र पथरी ट्राफिकको सक्रियतामा कारवाही गरिएको हो ।

बजारमा अव्यवस्थित पार्किङ गरेर राखिएको ३ वटा अटो सफारी १ कार, र अतिक्रमित गरी व्यापार गर्ने व्यापारीहरुलाई कारवाही गरिएको छ । यस्तै बजारको मुख्य सडकहरुमा नो पार्किङ र नो हर्न लेखिएको स्टेण्डहरु पनि राखिएको छ ।

सम्बन्धित खवर