टी–ट्वान्टीमा सन्दीपको वरीयता कायमै - Crazysaptahik.com

टी–ट्वान्टीमा सन्दीपको वरीयता कायमै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी अन्तर्राष्ट्रियको बलिङ वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने ७१ औं स्थानमा कायम छन् ।

ब्याटिङ तर्फ भने ब्याटर कुशल भुर्तेल नयाँ वरीयतामा कुशल ५३ औं स्थानमा यथावत् रहेका छन् । बलिङतर्फ अविनास बोहोराको नयाँ वरीयता ९९ स्थानमा हुँदा ब्याटिङतर्फ दीपेन्द्र सिंह ऐरी ६० औं स्थानमा यथावत् रहेका छन् ।

अलराउण्डर तर्फ दीपेन्द्र सिंह ऐरी १४ औं स्थानमा यथावत् छन् । ब्याटिङतर्फ भारतका सूर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् । बलिङमा भने श्रीलंकाका वानिन्दु हशरंगा शीर्ष स्थानमा रहेका छन् ।

सम्बन्धित खवर