सन्दीप एकदिवसीय वरीयताको २२ औं स्थानमा - Crazysaptahik.com

सन्दीप एकदिवसीय वरीयताको २२ औं स्थानमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयताको २२ औं स्थानमा रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने २२ औं स्थानमा कायम छन् ।

बलिङतर्फ नेपालका दिपेन्द्र सिंह ऐरी ५६ औं स्थानमा हुँदा सोमपाल कामी ६७ औं स्थानमा हुँदा करण केसीले एक स्थान सुधार गरेर ९६ औं स्थानमा छन् । सन्दीपले विश्वस्तरीय बलर युजभेन्द्र चहाल, जस्प्रित बुम्राहलाई पछि पारेका छन् ।

त्यस्तै मिचेल स्टेनर पनि सन्दीप भन्दा पछि छन् । एकदिवसीयको ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित कुमार पौडेल ५७ औं स्थानमा छन् । त्यस्तै आसिफ सेख ६७ औं स्थानमा छन् ।अलराउन्डरतर्फ नेपालका कुनै पनि खेलाडी परेका छन्न ।

सम्बन्धित खवर