मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा - Crazysaptahik.com

मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

मनाङ मर्स्याङ्दी क्लब रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश भएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

सुरुवातीदेखि दबाबमा रहेको नेपाल पुलिसले एक गोल फर्काए पनि जितको लागि भने पर्याप्त हुन सकेन । खेलमा मनाङ मर्स्याङ्दीका लागि प्रशन्न श्रेष्ठले खेलको ३२ औ मिनेटमा र चेतन कुमार थारुले पहिलो हापको एक्स्ट्रा टाइममा एक एक गोल गरेका थिए ।

नेपाल पुलिस क्लबका बुद्ध बल तामाङले एक गोल फर्काएका थिए। दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्न आयोजकले जनाएको छ ।

सम्बन्धित खवर