फेनिक्स इन्टर कलेज क्रिकेट प्रतियोगिता : मोनाष्टिकको कब्जा - Crazysaptahik.com

फेनिक्स इन्टर कलेज क्रिकेट प्रतियोगिता : मोनाष्टिकको कब्जा

जनकपुरधाम । जनकपुरधाममा जारी फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिता उपर मोनाष्टिक कलेजले कब्जा जमाएको छ । बाह्रविघा मैदानमा बिहीबार भएको फाइनल खेलमा एक विकेटले विपी मिमोरियल कलेजलाई पराजित गर्दै मोनाष्टिकले उपाधि हात पारेको हो ।

टस जितेर विपी मिमोरियलले सुरुमा ब्याटिङ रोजेका थिए । १९ ओभर चार बलमा सबै विकेट गुमाएर मोनाष्टिकलाई विपि मेमोरियलले १ सय १ रनको लक्ष्य दिएको थियो । विपीका लागि पवन सराफले ३२ र केशव झाले २१ रन जोडेका थिए ।

मोनाष्टिकका लागि सिद्धान्त लोहनीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा मात्र १३ रन खर्चेर चार विकेट लिए भने रुपेश सिंहले एक मेडनसहित चार ओभरमा मात्र सात रन खर्चेर दुई विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेका मोनाष्टिकले १८ ओभर चार बलमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेका थिए । विपीका लागि रञ्जित यादवले २२ र सिद्धान्त लोहनीले २१ रनको योगदान दिए । विपीका लागि बलिङ गरेका पवन सराफले २ र राहुल प्रसाद चौधरलिे दुई विकेट लिए ।

यस खेलको म्यान अफ दी म्याच मोनाष्टिकको तर्फबाट सिद्धान्त लोहनी घोषित भए ।प्रतियोगिताको एर्मजिङ प्लेयर मिट कलेजका तेजस मण्डल, बेस्ट बलर र म्यान अफ द सीरिज विपीका अखिलेश ठाकुर भएका थिए ।

समग्र प्रतियोगितामा ठाकुरको प्रदर्शन उत्कृष्ट भएको आयोजक संस्थाले औल्याएका छन् । यस्तै, वेस्ट किपर राजर्षी क्यामप्सका अकबर अलि, क्याच अफ द टुर्नामेन्ट विक्रान्त यादव, वेस्ट फिल्डर नागेन्द्र अधिकारी र फेयर प्लेयर मिट कलेजका खेलाडीलाई दिइएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.