एसीसी प्रिमियर कपको तालिका सार्वजनिक - Crazysaptahik.com

एसीसी प्रिमियर कपको तालिका सार्वजनिक

 

काठमाडौँमा आयोजना हुने एसीसी मेन्स् प्रिमियर कप २०२३ को तालिका सार्वजनिक भएको छ । क्यानले आगामी वैशाख ५ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । सबै खेलहरू बिहान साढे ९ बजेटबाट सुरु हुनेछन् ।

त्रिभुवन विश्वविद्यालय स्थित कीर्तिपुर मैदान तथा मूलपानी आयोजना हुने खेलहरूमा एसिया एसोसिएट राष्ट्रहरू एसिया कपमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालसहित मलेसिया, हङकङ, सिंगापुर, यूएई, कुवेत, ओमान, कतार, बहराइन र साउदी अरबसहित १० टोली सहभागी हुनेछन् ।१० टोलीलाई दुई समूहमा विभाजित गरी खेलहरू खेलाइनेछ । फाइनल खेल वैशाख १८ गते हुनेछ ।

सम्बन्धित खवर