अफगानिस्तानसँग पाकिस्तान स्तब्ध - Crazysaptahik.com

अफगानिस्तानसँग पाकिस्तान स्तब्ध

शारजाह । अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलाको पहिलो खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको छ । टी–२० मा अफगानिस्तानविरुद्ध पाकिस्तान पराजित भएको पहिलोपटक हो ।

टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९२ रनको झिनो स्कोर बनाएको थियो । पाकिस्तानलाई सस्तोमा रोक्न फजालहक फारुकी, मुजीब उर रहमान तथा मोहमद नाबीले २–२ विकेट लिए ।

पाकिस्तानका लागि इमाद वसिमले सर्वाधिक १८ रन बनाए भने सइम अयुबले १७ तथा तैयब ताहिरले १६ रनको योगदान दिए । पाकिस्तानले प्रस्तुत गरेको लक्ष्य अफगानिस्तानले १७.५ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

प्लेयर अफ द म्याच रहेका नाबीले ३८ बलमा ३८ रन बनाउँदै टोलीलाई जीतसम्म डोयाए । नजिबुल्लाह जादरानले १७ रन बनाउँदै नाबीलाई साथ दिए । दोस्रो खेल आइतबार खेलिनेछ ।

सम्बन्धित खवर