शनिश्चरे साकोसले सरसफाइ कार्यक्रम गर्ने - Crazysaptahik.com

शनिश्चरे साकोसले सरसफाइ कार्यक्रम गर्ने


क्रेजी संवाददाता
पथरी।
मोरङ पथरीशनिश्चरे ९ मा स्थापित शनिश्चरे बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बजार सरसफाइ हुने भएको छ । ६६ औ राष्ट्रिय सहकारी दिबसको उपलक्ष्यमा साकोसले चैत १८ गते शनिबार बिहान ७ बजे देखी सरसफाइ कार्यक्रमको सुरुवात गर्ने भएको हो ।

साकोसले आफ्नो अफिसीयत फेसबुक अकाउन्ट मार्फत शेयर सदस्य लगायत सम्पूर्ण महानुभाबहरुलाइ कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । २०५९ सालमा देखी सेवा ग्राहिको सेवामा लागेको साकोसले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित खवर