पञ्चायत माविको शुभकामना आदानप्रदान कार्यक्रम - Crazysaptahik.com

पञ्चायत माविको शुभकामना आदानप्रदान कार्यक्रम


क्रेजी संवादाता
पथरी ।
मोरङको पथरी शनिश्चरेमा रहेको नमुना विद्यालय पञ्चायत माध्यमिक विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १०को एसईई परिक्षामा समेल हुने विद्यार्थीहरुलाई सफलताको शुभकामना प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

फलामे गेटको रूपमा रहेको परिक्षामा सहभागी हुन गैरहेको विद्यार्थीहरुलाई शुभकामना दिँदै शिक्षकहरुले पढाइ जिन्दगीको आधार भएकाले भविष्यलाई बलियो बनाउन पढाइ अत्यन्तै महत्त्वपूर्ण रहेको र यसमा सबैको ध्यान जान जरुरी रहेको बताउदै एसईईलाई ठुलो समस्याको रुपमा नहेरी विनासंकोच परीक्षा लेख्न अनुरोध गरेका थिए ।

यस बर्ष एसईई परिक्षामा यस विद्यालयबाट जेनेरल तर्फ १८३ ,प्राविधिक (सिभिल) तर्फ,४४ जना विद्यार्थी सहभागी हुँदैछन् । अघिल्लो बर्ष यस विद्यालयबाट ९६ प्रतिशत भन्दा धेरै विद्यार्थीले एसईई उत्तीर्ण गरेको शिक्षक निरज ढकालले जानकारी दिए ।

पछिल्लो समय यो बर्षबाट नयाँ पाठ्यपुस्तकबाट शिक्षण सिकाई हुनेहुँदा यो बर्ष परिक्षामा सामेलहुने सबै विद्यार्थी पास हुनेछन भन्ने हल्ला सबैतिर व्याप्त रहेकाले यस्तो निराधार हल्लाको पछि नलाग्न पनि विद्यार्थीलाई अनुरोध गरिएको थियो ।

विद्यालयका सह प्रधानाध्यापक मोहन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारी लगायतको उपस्थिति रहेको थियो। विद्यालका शिक्षक केशव निरौलाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक भवानी तिम्सिनाले गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.