मुखको क्यान्सरका कारण ज्यान गुमाएकी रुपाको परिवारलाई अमेरीकाको कबीर ज्ञानोदय सामाजिक केन्द्रबाट सहयोग - Crazysaptahik.com

मुखको क्यान्सरका कारण ज्यान गुमाएकी रुपाको परिवारलाई अमेरीकाको कबीर ज्ञानोदय सामाजिक केन्द्रबाट सहयोग


प्रेमप्रसाद भट्टराई (के डी)
पथरी

मोरङको पथरीशनिश्चरे वडा नं १० कि स्वर्गिय रुपा राईको परिवारलाई अमेरीकाबाट आर्थीक सहयोग जुटेको छ । पथरीशनिश्चरे वडा नं १० घर भइ हाल अमेरीकामा रहेका समाजसेवि युवा दिपेन्द्र दाहालको पहलमा अमेरीकाको ओहायो स्थित कबीर ज्ञानोदय सामाजिक केन्द्र नामक संस्थाबाट १ लाख २ हजार ८ सय ६५ रुपैयाँ रकम प्राप्त भएको हो ।

दाँत फुकाल्ने क्रममा समस्या आइ समयमा उपचार नहुँदा मुखको क्यान्सरबाट पिडित बन्नुपरेकी रुपाको गत १२ गते ज्यान गएको थियो । दिन दुखि असहाय अपाङ्गता भएका अमेरीका भित्र तथा बाहिरका विभिन्न नागरिकहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ खोलीएको उक्त संस्थाका सचिव चन्द्र बास्तोलाले बताइन ।

संस्थाका साथै अमेरीकामै रहेका सानमार कम्पनिका इम्योइहरु दिपेन राई, डम्बर, दिक्षा, सुस्मा, सोनु, कुनाल, सागर, जङ्ग, गंगा, अञ्जना, प्रेम, धिरेन, राम, उज्वल लगायतका नेपालीहरुले उक्त रकम उपलब्ध गराएका थिए ।

उपलब्ध रकम दाहालकी आमा चिनिमाया दाहालले परिवारलाई हस्तान्तरण गरेकी थिइन् । मृतक राईको बुबा आमासहित स परिवार वडा नं १० कै डाँस खोलाको किनार छेउमा बसोबास रहँदै आएको थियो ।

सुकुम्बासीका रुपमा रहेका र आर्थीक अवस्था समेत दयनिय रहेको रुपाको उपचारका क्रममा पनि सहयोग जुटाउँदै आएका दाहालले रुपाको मृत्युले आफु दुखि रहेको बताए ।

३ पुस्ता सम्म सुकुम्बासीका रुपमा रहेर खोला किनारमा गिटी कुटेर जिविकोपार्जन गर्दै आएकी रुपाको आर्थीक विपन्नताकै कारण समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्दा आफुहरु दुखि रहेको र मृतकका सन्तानको उचित शिक्षादिक्षाको सहजताका लागि समेत सहयोग गरेको सहयोगि संस्थाका अध्यक्ष नारायण आचार्यले बताए । मृतक राईका १ छोरा र एक छोरी छन् ।

सम्बन्धित खवर