एसीसी प्रिमियिर कपका लागि प्रारम्भिक टोलीको घोषणा - Crazysaptahik.com

एसीसी प्रिमियिर कपका लागि प्रारम्भिक टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौँमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप २०२३ का लागि प्रारम्भिक २१ सदस्यीय टोलीको घोषणा गरेको छ । वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताको विजेता सन् २०२३ को एसिया कपमा छनोट हुनेछ ।

क्यानले घोषणा गरेको टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जिसी, ललित राजवंशी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल समावेश छन् ।

प्रतियोगितामा नेपालसहित समूह एमा साउदी अरब, ओमान, कतार र मलेसिया छन् । समूह बीमा यूएई, कुवेत, सिंगापुर, हङकङ र बहराइन छन् । लिग र नकआउटमा खेलिने प्रतियोगिताका खेलहरू त्रिभुवन विश्वविद्यालको क्रिकेट मैदान र मुलपानी क्रिकेट स्टेडियमा आयोजना हुनेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.