प्रधानमन्त्रीको दाबी :चितवन रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुन्छ - Crazysaptahik.com

प्रधानमन्त्रीको दाबी :चितवन रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुन्छ

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित भरतपुर क्रिकेट रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुने दाबी गरेका छन् ।

बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘आज म यो पनि भन्न चाहन्छु कि–चितवनको क्रिकेट रङ्गशालाको समस्या एक वा दुई हप्ताभित्र समाधान हुन्छ र निर्माण कार्य अघि बढ्छ’, प्रधानमन्त्रीको प्रतिबद्धता छ ।

सम्बन्धित खवर