एपीएफलाई ललितपुर मेयर्स कपको उपाधि - Crazysaptahik.com

एपीएफलाई ललितपुर मेयर्स कपको उपाधि

ललितपुर । एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला टी–२० प्रतियोगिता २०७९ को उपाधि जितेको छ । बिहीबार भएको फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

एपीएफले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १ सय रन बनाउन सक्यो । कोशीका लागि रुविना चौधरीले ३५ रन तथा लतिका राजवंशीले २१ रनको योगदान दिइन् । एपीएफकी विनु बुढामगरले २ तथा रेखा रावलले एक विकेट लिइन् ।

यसअघि पहिलो ब्याटिङ गरेको एपीएफले १ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । एपीएफका लागि सीता रानामगरले नटआउट रहँदै ७९ रन बनाइन् भने इन्दु वर्माले नटआउट रहेरै ५१ रनको योगदान दिइन् । कोशीका लागि एक मात्र विकेट अलिसा खड्काले लिइन् । एपीएफले लगातार तेस्रोपटक यो उपाधि जित्न सफल भएको हो ।

सम्बन्धित खवर