रिफुजी च्यालेन्ज कप : बीवाईसी बेलडाँगी फाइनलमा - Crazysaptahik.com

रिफुजी च्यालेन्ज कप : बीवाईसी बेलडाँगी फाइनलमा

क्रेजी संवाददाता
पथरी । बीवाईसी बेलडाँगी छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा बेलबारी एफ.सी. लाई २–१ गोल अन्तरले पराजित गर्दै बीवाईसी बेलडाँगीले फाइनलको यात्रा तय गरेको हो । जितसँगै बेल्डागीले आयोजक वाईएफसी पथरीसँगको भेट पक्का गरेको हो ।

रोमाञ्चक खेलको ५० औं मिनेटमा बीवाईसीका विदेशी खेलाडी डेभिडले गोलको खाता खोलेका थिए । त्यसपछि बीवाईसीकै उमेश कार्कीले ७९ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई विजयी बनाए ।
बेलबारीका विवेक पौडेलले पेनाल्टी मार्फत् गोल गरे । खेलको म्यान अफ दि म्याच विजेता टिमका उमेश कार्की घोषित भए । प्रतियोगिताको फाइनल खेल आयोजक वाईएफसी र बीवाईसी बेलडाँगी बीच फागुन २० गते हुने आयोजकका विनम राईले जानकारी दिए ।

सम्बन्धित खवर