प्याराडाईजको २० औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम - Crazysaptahik.com

प्याराडाईजको २० औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे वडा नं. ९ मा अवस्थित प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २० औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
आज विद्यालयको हातामा भएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो । यस्तै प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले रहनुभएको थियो । उहाँले मन्तव्यका क्रममा गत वर्षको एसईईमा नगरेको सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयका निश्चल काफ्लेको प्रसंशा गर्नुहुँदै विद्यालयलाई भावी दिनमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रममा स्वागत मन्तव्य, स्वागत नृत्य, कार्यक्रमको औचित्य बारे कार्यक्रम संयोजक शान्तिराम बरालद्वारा प्रस्तुत । यस्तै एसइइमा ३.९९५ जिपिए ल्याउने निश्चर काफ्ले र ३.७५ जिपिए ल्याउने इप्सन बाबु मिश्रलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका भावी कार्ययोजनाहरु प्रधानाध्यापक होमनाथ घिमिरेद्वारा प्रस्तुत भएको थियो । विद्यालयका विद्यार्थिहरुलाई विभिन्न खेलकुदहरुको र यस शैक्षिक सत्रमा भएका विभिन्न विदागत पुरस्कार पनि वितरण गरिएको थियो । पहिलो चरणको कार्यक्रमको समाप्तीपछि दोस्रो चरणमा विद्यार्थीहरुले नृत्य, ¥याम्स, गायन प्रस्तुत गरी अभिभावकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित खवर