रिफुजी च्यालेन्ज कप : आयोजक वाईएफसीलाई उपाधि - Crazysaptahik.com

रिफुजी च्यालेन्ज कप : आयोजक वाईएफसीलाई उपाधि

क्रेजी संवाददाता
पथरी । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक वाईएफसी पथरीशनिश्चरेले आफ्नो पोल्टामा पारेको छ ।
पथरी शनिश्चरे–१० को प्रस्तावित नगर रंगशालामा आज भएको फाइनल खेलमा बीवाईसी बेलडाँगीलाई १–० अन्तरले पाखा लगाउँदै उपाधि आफ्नो कब्जामा पा¥यो । फाइनल खेलको पहिलो हाफको १२ औ मिनेटमा सागर तिवारीले गरेको गोल नै जितको लागि पर्याप्त बन्यो । विजेता आयोजकले २ लाख १ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त ग¥यो । यस्तै उपविजेता बेलडाँगीले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार, ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त ग¥यो ।
विजेता, उप–विजेता र विधागत पुरस्कारहरु फाइनल खेलका प्रमुख अतिथि मोहन प्रसाद तुम्वापोले वितरण गर्नुभएको थियो । यस्तै उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडाध्यक्षहरु नैना राई, नविन कार्की, जीवन खतिवडा, जिल्ला फुटबल संघका अध्यक्ष संजिव बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खवर