सुपबको वार्षिकोत्सव तथा अभिभावक दिवस - Crazysaptahik.com

सुपबको वार्षिकोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे–४ किर्तिपूरमा स्थापित सुपब् बोर्डिङ स्कुलले २ दिनसम्म आफ्नो २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएको छ ।
कार्यक्रमको पहिलो दिन अभिभाकहरूमा प्रशिक्षण कार्यक्रम, म्युजिकल चियर, क्याच द बोतल लगायतको खेलहरूको आयोजना गरेको थियो ।
प्रशिक्षण कार्यक्रममा आफ्नो नानी बाबुहरूलाई कसरी अध्ययनसँगै अन्य गतिविधिहरूमा सक्रिय बनाउने, विद्यालय तथा घरको वातावरण, अभिभावक र बालबालिका विच कस्तो सम्बन्ध राख्ने भन्ने बारे भएको विद्यालयका प्रिन्सिपल सन्तोष बस्नेतले जानकारी दिनुभयो ।
सो अवसरमा विद्यालयले पिजी देखि कक्षा ८ सम्मका उत्कृष्ट एवम् विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीहरूले गायन, नृत्य, कल्चरल शो, नाटक लगायतका प्रस्तुतिहरू पस्केका थिए । नगरभित्र बसोवास गर्ने विभिन्न जातजातीको भेस–भूसामा सजिएको सास्कृतिक प्रस्तुतिले अभिभावक तथा अतिथिहरूको ध्यान खिचेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव सालिकग्राम काफ्लेले, ‘शिक्षाको क्षेत्रमा विद्यालय र सम्पूर्ण शिक्षकहरूले अत्याधिक मिहेनत तथा लगनशीलताका साथ अध्यापन गराएको भन्दै, अभिभावकहरूले पनि बालबालिकाहरूलाई विद्यालय जस्तै व्यवहार र समय दिनु पर्ने कुरामा जोड् दिनुभयो । ’
कार्यक्रममा प्याब्सन कोशी प्रदेश सहसचिव नवल किशोर खनाल, नगर प्याब्सन सल्लाहाकार उपेन्द्र कडेँल, प्याब्सन जिल्ला कमिटी सल्लाहकार टिका दंगाल, प्याब्सन नगर कार्य समिति सदस्य सुजन बास्तोला, वडा नम्बर ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, समाजसेवी जहरमान लिम्बु लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
विद्यालयका प्रिन्सिपल सन्तोस बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रलाई विद्यालयका शिक्षक गणेश भट्टराईले संचालन गर्नुभएको थियो ।

सम्बन्धित खवर