चिनारीले सभ्य रुपमा मनायो १४ औं वार्षिककोत्सव तथा अभिभावक दिवस - Crazysaptahik.com

चिनारीले सभ्य रुपमा मनायो १४ औं वार्षिककोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता
पथरी शश्चिरे । मोरङको पथरी शनिश्चरे वडा नं. २ देविगन्जमा स्थापित चिनारी बोर्डिङ स्कुलले आफ्नो १४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सभ्य रुपमा मनाएको छ । आज विद्यालय हातामा १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ सम्पन्न गरेको हो ।

सो अवसरमा अभिभावकहरू बिच म्युजिकल चियर, मार्वल रेस, बेलुन ब्रुष्ट लगायतको प्रतियोगिता गराईएको थियो । जसमा प्रथम, द्वितीय, तृतीय हुने अभिभावकहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
यस्तै विद्यालयका विद्यार्थीहरूले आफ्नो दमदार सांगीतिक प्रस्तुतिहरू पस्केका थिए । स– साना नानीबाबुहरूको कल्चरल ¥याम्प शो र देशभक्ति नृत्य तथा शिक्षक शिक्षिकाको नृत्यले सम्पूर्ण उपस्थित अतिथि, अभिभावकहरूको ध्यान खिचेको थियो ।
विद्यार्थीहरूले कविता वाचन, नृत्य, कल्चरल नृत्य, गायन, ¥याम्स, केलाङ नृत्य, नाटक, खेलकुदका कलात्मक प्रस्तुतिहरू पस्किएका थिए । यसैगरी विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । यस वर्षका लागि विद्यालयले उत्कृष्ट शिक्षक सम्मान पुरस्कार अन्तर्गत विद्यालयका शिक्षिका पुनम मगरलाई सम्मान गरेको छ ।

सो कार्यक्रममा बोल्दै एन प्याब्सन मोरङ जिल्ला अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि नारायण ढकालले विगतको विद्यालय संचालन र हालको विद्यालय व्यवस्थापनमा धेरै अब्बल भएको र पठन पाठनमा मात्र नरहेर अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको सथै आगामी दिनहरूमा पनि अब्बल रहने भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।
यस्तै पथरी शनिश्चरे वडा नं. ३ वडाध्यक्ष बिजय लिम्बु, वडा नं. २ का वडा सदस्य चन्द्रकुमार राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज न्यौपाने उपाध्यक्ष सुमित्रा ढकाल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । विद्यालका सञ्चालक बिरेन साम्बाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी शिक्षिका प्रतिमा चापागाईँले स्वागत मन्तव्य राख्नुभएको थियो । चिनारीले पछिल्लो समय अध्ययनको साथै अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिदै अघि बढिरहेको छ ।

सम्बन्धित खवर