नन्दु गुरुङको ‘शिरबन्दी’ सार्वजानिक - Crazysaptahik.com

नन्दु गुरुङको ‘शिरबन्दी’ सार्वजानिक

क्रेजी साप्ताहिक
मोरङ । ठ्याक्कै सय गीत गाएका छन् नन्दु गुरुङले । सो सय नं. गीतको बोल हो ‘शिरबन्दी’ । हिजो मात्र युट्युवमा सार्वजानिक भएको सो गीतलाई असाध्यै मेहनत र खुलेर गाएका छन् नन्दुले ।
सिक्किमको याङगाङमा छायांकन गरिएको सो गीतको म्यूजिक भिडियो एक गाउँको पारिवारिक कथामा बुनिएको छ ।
गीत लेखनमा निक्कै आशा गरिएको अनिल धिरुलको शब्द तथा देव गुरुङको संगीत रहेको गीतको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् भने जिवन थापा मगरले सम्पादन गरेका हुन् । भिडियोलाई मुहासिं थापा मगरले छायांकन गरेका हुन् ।
ताराविर पाण्डेले निर्देशन गरेको सो गीतको भिडियोमा करण धिताल, विद्या लिम्बु, प्रेम पैजो, विजया लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

म्यूजिक भिडियो :-

सम्बन्धित खवर