प्रस्तावित पथरी रंगशालाको स्तरोन्नति द्रुत गतिमा - Crazysaptahik.com

प्रस्तावित पथरी रंगशालाको स्तरोन्नति द्रुत गतिमा

क्रेजी समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ जाँते मोडमा अवस्थित प्रस्तावित पथरी रंगशालाको स्तरोन्नति द्रुत गतिमा थालिएको छ ।
एक महिनाअघिदेखि पथरी शनिश्चरे नगर खेलकुद विकास समिति र पथरी ११ फुटबल क्लबको सहकार्यमा सो खेल मैदानको स्तरोन्नति थालिएको हो ।

सो रंगशालाको स्तरोन्नति मुख्य गरेर खेल मैदानमा झार उमार्ने कार्यलाई निरन्तर रुपमा अघि बढाइएको हो । हाल मैदानमा दैनिक ६ घण्टा पानी हाल्ने कार्य भइरहेको छ ।
सो खेल मैदानमा अहिले वरीपरी तार जालीले घेरिएको छ भने सय मिटर पश्चिमतर्फको पथरी खोलाको पानी डिप मोटरबाट खेल मैदानमा पानी हाल्ने कार्य भइरहेको पथरी ११ का सचिव सुमन विकले जानकारी गराए ।
खेल मैदानमा हरेक दिन झार उमार्ने कार्यको अवलोकन भइरहेको पथरी ११ का प्रमुख सल्लाहकार भिष्म न्यौपानेले जानकारी दिए । रंगशालाको लागि जारजाली शान्ति सामुदायिक वन उपभोक्ता समितिले उपब्ध गराएको हो । करिब ३ महिनासम्म झार उमार्ने कार्यलाई निरन्तरता दिइने र बीचमा कुनै पनि किसिमका खेलकुदका गतिविधि नगरिने नगर खेलकुद विकास समितिका संयोजक दीपक राईले जानकारी दिए ।

सम्बन्धित खवर