वडा नं. ८ मा साकेला सिली प्रशिक्षणको समापन - Crazysaptahik.com

वडा नं. ८ मा साकेला सिली प्रशिक्षणको समापन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ द्वारा संचालित एक महिने निःशुल्क साकेला सिली प्रशिक्षण कार्यक्रमको समापन भएको छ । शनिबार राई जातिको परम्परागत साँस्कृतिक नृत्यको रुपमा रहेको साकेला नयाँ पुस्तामा पुस्तान्तरण तथा संरक्षण गर्नको लागि सो कार्यक्रम गरिएको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो । ‘वडा नं. ८ को आकृति, जोगाऔं हाम्रो संस्कृति’ भन्ने मुख्य स्लोगनका साथ वडाले गत वर्ष लिम्बु जातिको एक महिने च्याब्रुङ (केलाङ) नाच प्रशिक्षण र थारु जातिको पोशाक वितरण गरेको थियो भने चालू आर्थिक बर्षमा राई जातिको साकेला नाच प्रशिक्षण, सामाग्री हस्तान्तरण भएको छ ।
नेपाली मौलिक नौमती बाजा संरक्षण तथा पुस्तान्तरणको लागि नौमती बाजा प्रशिक्षण गर्ने तयारी रहेको वडा अध्यक्ष कार्कीले बताउनुभएको छ ।
साकेला सिली प्रशिक्षण समापन कार्यक्रममा वडा सदस्यहरू बाबुराम चौधरी, शान्ता योङ्हाङ, झमकबहादुर लिम्बु लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष कार्कीको पहलमा हाल वडा नं. ८ मा लिम्बु भाषा पठनपाठन सुरुवात भएको छ भने किरात फाल्गुनन्द युमा माङ्हिम भवन निर्माण भइसकेको छ ।

सम्बन्धित खवर