पथरी बहुमुखी क्याम्पसमा स्ववियुले मनायो वार्षिकोत्सव - Crazysaptahik.com

पथरी बहुमुखी क्याम्पसमा स्ववियुले मनायो वार्षिकोत्सव

क्रेजी संवाददाता
पथरी । स्वतन्त्र विद्यार्थी यूनियनले आफ्नो वार्षिकोत्सव मनाएको छ । मोरङको पथरीशनिश्चरे वडा नम्बर १ मा स्थापित पथरी बहुमुखी क्याम्पस स्ववियुले मंगलबार क्याम्पसको सभाहलमा साँस्कृतिक कार्यक्रम र केक काटेर वार्षिकोत्सव मनाएको हो ।
स्ववियुले आफु निर्वाचित भएर आएको एक वर्ष पूरा भएको र त्यस खुशीलाई सम्पूर्ण विद्यार्थीहरु माझ शेयर गर्ने र सम्पूर्ण विद्यार्थीहरुमा घुलमेल गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको स्ववियु सभापति केशर राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–यसरी विद्यार्थी साथीहरु संग घुलमेल हुँदा विद्यार्थीहरुले आफु भित्र रहेका समस्याहरु खुलेर भन्न सक्ने र समस्याको समाधान तर्फ लाग्न स्ववियुलाई सहज हुने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, विषय प्रमुखहरु, भातृ संघठनका प्रमुखहरु र विद्यार्थीहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।
स्ववियु सभापति केसर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सचिव भूपाल खतिवडाले संचालन गर्नुभएको थियो ।

सम्बन्धित खवर