स्ववियु पथरी बहुमुखी क्याम्पसले निःशुल्क स्वास्थ्य शिविर गर्ने - Crazysaptahik.com

स्ववियु पथरी बहुमुखी क्याम्पसले निःशुल्क स्वास्थ्य शिविर गर्ने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
नगरपालिका भित्रका +२ का विद्यार्थीहरुका लागि स्वयवियुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।
आज क्याम्पसको स्ववियु कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले निःशुल्क स्वास्थ्य शिविर सम्वन्धी जानकारी गराएको हो ।
नव निर्वाचित भएर आएको वर्ष दिन (वार्षिकोत्सव)को अवसरमा आगामी चैत्र ९ गते शुक्रबार क्याम्पसमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने स्ववियु सभापति केशर राईले जानकारी दिए ।
सो शिविरमा स्त्री रोग विशेषज्ञ, दन्त चिकित्सा, आँखा उपचार र जनरल मेडिसिन लगायतको सेवा प्रदान गरिनेछ भने सो शिविरको प्राविधिक सहयोग नोवेल शिक्षण अस्पताल विराटनगरको रहनेछ ।
सेवा लिन पथरीशनिश्चरे नगरमा रहेका माविहरुलाई पत्र पठाइ सकिएकोले लगभग ८ सय बढी विद्यार्थीले सेवा लिन सक्ने स्ववियु सचिव भूपाल खतिवडाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा स्ववियु सदस्य आकाश राई, शैलेश बिष्ट लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यसअघि स्ववियुले साँस्कृतिक कार्यक्रम र केक काटेर वार्षिकोत्सव मनाएको थियो ।

सम्बन्धित खवर