पथरीमा ६ केजी गाँजा सहित एक पक्राउ - Crazysaptahik.com

पथरीमा ६ केजी गाँजा सहित एक पक्राउ

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा ६ केजी सहित एक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुँरीगढी नगरपालिका वडा नं ३ बस्ने ४२ वर्षीय प्रेमकुमार याख्खा रहेका छन् ।
६ वटा पोकामा म्याक गरी जेब्रा झोलामा बोकेर हिडिरहेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले पथरीशनिश्चरे वडा नं २ छ्यालिस विघेबाट पक्राउ गरेको इलाका प्रहरी कायाएलय पथरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर