पथरी बहुमुखी क्याम्पस स्ववियुद्वारा स्वास्थ्य शिविर सम्पन्न - Crazysaptahik.com

पथरी बहुमुखी क्याम्पस स्ववियुद्वारा स्वास्थ्य शिविर सम्पन्न

क्रेजी संवाददाता
पथरी । पथरी बहुमुखी क्याम्पसको स्ववियुले आफ्नो एक वर्षे कार्यकालको वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे–१ मा स्थापित क्याम्पसको स्ववियुले शुक्रबार क्याम्पसमा एक दिने स्वस्थ्य शिविर संचालन गरेको हो ।
स्वतन्त्र विद्यार्थी युनियनले नगर भित्रका +२ माथि अध्ययन गर्ने विद्यार्थीहरुका लागि स्त्री रोग विशेषज्ञ, दन्त चिकित्सा, आँखा उपचार, जनरल मेडिसिन, ईसिजी, भिडियो एक्सरे लगायतको सेवा प्रदान गरिएको स्ववियु सभापति केशर राईले जानकारी दिनुभयो । उहाँले कुरा थप्दै भन्नुभयो, शिक्षा संगै स्वास्थ्य पनि जोडिने भएकाले स्वास्थ्य शिविर संचालन गरेका हौँ । विद्यार्थीहरूको हक अधिकारका निम्ति स्ववियु सधै कठिबद्ध भएर लाग्ने विस्वस्त दिलाउँदछौँ ।
शिविरबाट ५१७ भन्दा बढि विद्यार्थीहरूले लाभ लिनुभएको थियो भने, प्राविधिक सहयोग नोवेल शिक्षण अस्पताल विराटनगरको रहेको थियो ।

सम्बन्धित खवर