चौथो सहिद रत्नकुमार वान्तवा राई राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने - Crazysaptahik.com

चौथो सहिद रत्नकुमार वान्तवा राई राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरपालिकामा सहिद रत्नकुमार वान्तवा राई चौथो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० हुने भएको छ ।
आयोजक फ्रेण्डसीप चेस क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी यही चैत्र २७ गतेदेखि ३० गतेसम्म बुद्धिचाल प्रतियोगिता हुने जानकारी गराएको हो ।
प्रतियोगितामा पूर्व नेपाल च्याम्पियनहरु भूपेन्द्र निरौला, बद्रिलाल नेपाली, नवीन तन्डुकार, रुपेस जैसवाल, पुरुसोत्तम चौलागाई लगायतका १ सय ५० खेलाडीहरुले सहभागीगिता जनाउने आयोजक फ्रेण्डसीप चेस क्लबका अध्यक्ष अमिर राईले जानकारी गराए ।
सो प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. ५१ हजार नगर, दोस्रोलाई ३५ हजार, तेस्रोलाई २५ हजार गर्दै उत्कृष्ट १५ (टप फिष्टिन) जना र विधागत १८ गरेर जम्मा ३३ जनालाई नगद, प्रमाण–पत्र, ट्रफी र मेडलहरु प्रदान गरिने आयोजकले जनाएको छ । पुरस्कार नगद राशी मात्र ३ लाख ३६ हजार रकम खर्च हुने बताइएको छ । प्रतियोगिता गर्न अनुमानित ७ लाख बढी खर्च हुने बताइएको छ ।
प्रतियोगितामा उत्कृष्ट १५ (टप फिष्टिन) जना, विधागत रुपमा प्रदेश, जिल्ला, नगर टप, नगरका विद्यार्थी, महिला, उदीयमान, भ्याटुन, फरक क्षमता, अनुशासति लगायत १८ जनालाई नगरसहितको पुरस्कार राखिएको छ । पत्रकार सम्मेलन कार्यक्रममा प्रतियोगिताको बारेमा उपाध्यक्ष तथा खेल संयोजक अर्जुन जम्नेली राई प्रष्ट्याउनुभएको थियो । यसैगरी सचिव लोकसागर साम्बा, रोहित सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर