विश्व क्षयरोग दिवसको अवसरमा अन्तरक्रिया - Crazysaptahik.com

विश्व क्षयरोग दिवसको अवसरमा अन्तरक्रिया

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा क्षयरोग सम्वन्धी वृहत् जानकारी र अन्तरक्रिया गरी विश्व क्षयरोग दिवस मनाइएको छ ।
आज नगरपालिकाको वडा नं. १ मा स्थापित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख निर्मला विकको अध्यक्षतामा विश्व क्षयरोग र अन्तरक्रिया गरी विश्व क्षयरोग दिवस मनाइएको छ ।
सो कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र डा. भेषराज पोख्रेलले क्षयरोगको बारेमा आ–आफ्ना भनाइहरु राख्नुभएको थियो ।
सो कार्यक्रममा स्वास्थ्य अधिकृत एकराज खत्री, नगर प्रहरीद्वय बलबहादुर गौतम, सनबहादुर लिम्बु र क्षयरोगी विरामीहरुको पनि उपस्थिति रहेको थियो । यसैगरी नगरको अन्य वडामा पनि विश्व क्षयरोग दिवस मनाइएको थियो ।

सम्बन्धित खवर