पथरी शनिश्चरेमा भेट्रान लिग फुटबल प्रतियोगिता सुरु - Crazysaptahik.com

पथरी शनिश्चरेमा भेट्रान लिग फुटबल प्रतियोगिता सुरु

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ को आयोजनामा भेट्रान लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।
आज वडा नं. १ को पञ्चायत माविको खेल मैदानमो भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र वडा नं. ८ विजयी भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ८ ले वडा नं. ९ लाई ०–३ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । वडा नं. ८ ले ३ अंक जोड्न सफल भएको छ ।
यस्तै आज नै भएको दोस्रो खेलमा आयोजक वडा नं. २ ले वडा नं. ६ लाई ० को विरुद्ध ११ गोल गर्दै पराकिलो गोल अन्तरले हराएको छ ।
भोलिको पहिलो खेल वडा नं. १ र वडा नं. ७ बीच हुने र दोस्रो खेल वडा नं. १० र ५ बीच हुने आयोजकले जानकारी दिएको छ ।
उद्घाटन खेलको अध्यक्षता वडाध्यक्ष नैना साम्पाङ राईले गर्नु भएको थियो । यस्तै नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, वडा नम्बर ८ का वडाध्यक्ष नवीनजंग कार्की, वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई, खिलानाथ घिमिरे, अम्बिका लिम्बु, सीता भुसाल, लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर