क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा स्थापित भू.पू. सैनिक अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विहिबार र शुक्रबार दुई दिन भू.पू. सैनिक स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । सो कार्यक्रममा सञ्चारकर्मी बिजय खम्बु लगायत तीन जनालाई सम्मान, पुरस्कार वितरण गरिएको थियो । सम्मानित व्यक्तिहरुलाई विद्यालय सञ्चालक समितिका अध्यक्ष धनबहादुर रानामगर र प्रिन्सिपल उपेन्द्र कँडेलले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा पथरी शनिश्चरे नगरका शिक्षा शाखा प्रमुख नवीन खुलाल, नगर प्याब्सनका अध्यक्ष सन्तोष बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, वडा सदस्य बसुन्धरा गुरुङ, अरुणोदयका प्रिन्सिपल शान्ति राई लगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा विद्यालयका छात्र÷छात्राहरुले एकल तथा सामुहिक नृत्य, गीत तथा नाटक प्रहसन गरेर उपस्थिति दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा कक्षा नर्सरीदेखि १० सम्म प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।