क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा स्थापित पथरी बहुमुखी क्याम्पसको नव निर्वाचित संचालक समितिका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
आज पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित १७ औं चुनावी क्याम्पस सभाबाट निर्वाचित नव कार्यसमितिलाई सपथ ग्रहण तथा बधाई ज्ञापन गरिएको हो ।
निर्वाचन समितिका संयोजक अर्जुनकुमार बुढाथोकीको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्वाचित समितिलाई सफतग्रहण गराइएको हो । अध्यक्ष दिलिप कुमार राई (किशोर) , सदस्यहरू देवराज भण्डारी, उपेन्द्र कंडेल, उमनाथ अधिकारी, तुलसी ढकाल, खेमनाथ ढुंगेल, बुद्धिनाथ अधिकारी, महिला सदस्यहरु दुर्गादेवी दंगाल, अरुणा राई, विन्दादेवी राई र लेखा समिति संयोजक मोहनकुमार श्रेष्ठ र सदस्यद्वय राजकुमार विश्वकर्मा र सुरेश न्यौपानेले सपथ लिएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो, पथरी बहुमुखी क्याम्पस संचालक समितिको निवर्तमान अध्यक्ष रामकुमार बस्नेत, माधव कोइराला, कृष्णकुमारी विक लगायतले मन्तव्य राख्नुभएको थियो ।