क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को आयोजनामा प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुनेभएको छ ।
आज वडा नं. १ का वडाध्यक्ष भीम राईले चैत १७ गतेदेखि चैत २५ गतेसम्म वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने जानकारी गराउनुभएको हो ।
पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाको प्रतियोगितामा सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वडाले ३१ हजार, द्वितीय स्थान हासिल गर्ने वडाले २१ हजार र प्रतियोगितामा विभिन्न विधागत पुरस्कारहरु प्रदान गरिने वडाध्यक्ष राईले जानकारी दिनुभयो ।