क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्ध चौकमा अवस्थित सिड्लिङ मन्टेश्वरी स्कुलले ग्रेजुएशन सेरेमोनी कम किड्स डे धुमधामको साथ मनाएको छ ।
आज हरियाली सामुदायिक वनको सभाहलमा मन्टेश्वरीका नानिबाबुहरुको विविध प्रस्तुतिहरु सहित ग्रेजुएशन सेरेमोनी कम किड्स डे धुमधामका साथ मनाइएको हो ।
मन्टेश्वरीका अध्यक्ष तथा प्रिन्सिपल बिन्दु चेम्जोङ राईको अध्यक्षता तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख आकर्षण ग्रेजुएशन सर्टिफिकेशन, वार्षिक पुरस्कार वितरण र नानीबाबुहरुको गायन तथा आकर्षक नृत्हरु रहेको थियो । ग्रेजुएशन हुने सम्पूर्ण नानीबाबुहरुलाई प्रमुख अतिथि मोहन प्रसाद तुम्वापोले मायाको चिनो र सर्टिफिकेट वितरण गर्नुभएको थियो । प्रमुख अतिथि तुम्वापोले भन्नुभयो–‘नगरमा अवस्थित यस मन्टेश्वरीले नानीबाबुहरुलाई अध्यननका साथै अतिरिक्त क्रियाकलापमा सक्रियताका साथ प्रस्तुत गर्दै अब्बलता प्रस्तुत गरिरहेको छ । भावी दिनमा अझ प्रगतिको शुभकामना व्यक्त गर्दछु ।’
यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा सदस्यहरु खिलनाथ घिमिरे, चन्द्रकुमार राई (सिके), अम्विका लिम्बु, सिता दर्जी, वडा सचिव गोमा पौडेल र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । हरेक वर्ष मन्टेश्वरीले यस कार्यक्रमलाई निरन्तरता दिदै आइरहेको छ ।