फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक - Crazysaptahik.com

फुटबल प्रतियोगिताको हिसाव सार्वजनिक

क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरेमा स्थापित यलम्वर युवा क्लबको आयोजनामा भएको पथरीशनिश्चरे स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको हिसाव शनिवार सार्वजनिक गरिएको छ ।

एक औपचारिक कार्यक्रमको आयोजना गर्दै क्लबका कोषाध्यक्ष कञ्चन सुब्बाले करिब ३ लाख बराबरको आर्थिक आय–व्यय सार्वजनिक गरेका थिए । व्ययतर्फ फाईनल पुरस्कार, ट्रफी, विधागत नगद, प्रमाण–पत्र, स्टेज, प्रचारप्रसार, मायाको चिनो, मैदान मर्मत सम्भार, खेल सामाग्री, अतिथि सत्कार, साउन्ड सिस्टम, रेफ्री, यातायात लगायतका खर्चमा कूल दुई लाख ८६ हजार ३ सय ८६ रुपैयाँ खर्च भएको सुब्बाले जानकारी दिए ।

यस्तैगरी आयतर्फ विदेशी सहयोग, विभिन्न शैक्षिक संस्था, व्यापारी साथै विभिन्न संघं संस्थाहरुबाट २ लाख ५९ हजार ३ सय ८६ रुपैयाँ सहयोग आएकोे कोषाध्यक्ष कञ्चन सुब्बाले जानकारी दिएका छन् । विभिन्न खर्चहरू कटाएर २३ हजार ४ सय ५० रुपैँया संस्थाको कोषमा मौज्दात रहेको र सो रकम सामाजिक कार्यमा खर्च गरिने खेल संयोजक सुमन वि.क.ले जानकारी दिए ।

सम्बन्धित खवर