क्रेजी डटकम
शिवसताक्षी । कोभिड १९ रोकथाम तथा नियन्त्रणका क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई शिवसताक्षी निर्माण व्यवसायी संघले राहत उपलब्ध गराएको छ ।
आज (शुक्रबार) शिवसताक्षी नगरपालिकामा निर्माण व्यवसायी संघले २५ केजीको ५९ बोरा चामल, २५ केजीको ३ बोरा दाल, ०.५ लिटरको ६० पोका खाने तेल, ५० केजीको २ बोरा नुन, १४ प्याकेटको ५ वडाको दरले सावुन उपलब्ध गराएको हो ।
सो राहत सतासी निर्माण सेवा, कृष्ण निर्माण सेवा, शिवभक्त निर्माण सेवा, एक्शिलेन्ट विल्डर्स, ए एम पी कन्स्ट्रक्सन, ग्लोबल कन्स्ट्रक्सनले जम्मको गरेको हो । नगरपालिकामा राहत वितरणमा लोकेन्द्र श्रेष्ठ, घनेन्द्र इजम, सुभाष गौतम, सुमन दाहाल, सुरेश इजम, बुद्धिमान लिम्बु, देवेन्द्र खरेल, ढाका प्रकाश अधिकारी (खड्ग), विशाल सेर्मा, मिलन तामाङ, भिम साँवा, सन्तोष थेगिम र भिम नेम्बाङ लगायतका दाताहरुको उपस्थिति रहेको थियो ।