लकडाउनमा धमाधम युट्युवमा चलचित्रको व्यापार - Crazysaptahik.com

लकडाउनमा धमाधम युट्युवमा चलचित्रको व्यापार

क्रेजी साप्ताहिक
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को त्रास अहिले सर्वत्र छ । भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ सरकारको चैत ११ देखि लकडाउनको घोषणा गरेपछि सबैक्षेत्र अस्तव्यस्त बनेको छ ।

यसको असरबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो छैन । सरकारको लकडाउनपछि फिल्मी गतिविधि ठप्प छन् । फिल्म छायाँकन, प्रदर्शनलगायत सबै फिल्मी गतिविधि ठप्प भएका हुन् । यस्तो अवस्थामा नेपाली फिल्मको डिजिटल व्यवसाय भने चम्किएको छ । लकडाउनमा सबै घरभित्रै रहने र समय बिताउन प्लेटफर्म प्रयोग गर्ने भएकाले डिजिटल प्लेटफर्मका व्यवसाय चम्किएका हो ।

डिजिटल प्लेटफर्म मार्फत फिल्मको कारोबार गर्दै आएका विभिन्न कम्पनीले अहिले लकडाउनमा घरमा बसेकालाई समय बिताउन सजिलो हुने बहानमा विभिन्न नयाँ फिल्म युट्युवलगायत प्लेटफर्म मार्फत सार्वजनिक गर्दै त्यसको फाइदा उठाइरहेका छन् । यसरी सार्वजनिक भएका फिल्मले अहिले दर्शक समेत राम्रो पाउने गरेका छन् ।

को–को गर्दछन् डिजिटल कारोबार
पछिल्लो समय युट्युव लगायत डिजिटल प्लेटर्फमा फिल्मको कारोबार गर्नेमा मुख्यतः आधा दर्जन जति कम्पनी छन् । तीमध्ये पनि बुढासुब्बा डिजिटल, हाइलाइट नेपाल र ओएसआर डिजिटल प्रमुख हुन् । यी तीन कम्पनीले धेरै फिल्मका कारोबार गर्दछन् ।

यस बाहेक साइराम पिक्चर्स र हाइटेक जस्ता केही कम्पनी पनि फाट्ट फुट्ट फिल्म कारोबारमा देखिँदै आएका छन् । लकडाउनकै मौका छोपी बुढासुब्बा डिजिटल, हाइलाइट नेपाल र ओएसआर डिजिटलले नयाँ फिल्म युट्युव लगायतका डिजिटल प्लेटर्फ मार्फत बाहिर ल्याएर व्यवसाय गरिरहेका छन् । यी नै कम्पनीले आफ्ना फिल्म डिस होम र नेट टिभी लगायत मार्फत पनि व्यवसाय गरिरेहका छन् ।

तर उनीहरुको नारा व्यवसायिक नभएर समाजसेवी हुने गरेको छ । उनीहरुले लकडाउनमा घरमा रहेकालाई समय बिताउन सजिलो होस् भनेर फिल्म सार्वजनिक गरेको नारा बनाउने गरेका छन् ।

बुढासुब्बाका धेरै फिल्म
बुढासुब्बाले अहिले युट्युव मार्फत फिल्म ‘पोइ पर्यो काले’ सार्वजनिक गरेको छ । पुजा शर्मा सौगात मल्ल र आकाश श्रेष्ठ अभिनितयो फिल्म केही महिना पहिले मात्र सार्वजनिक प्रदर्शनमा आएको थियो ।
लकडाउनमा घरमा बस्नेका लागि समय बिताउन सजिलो होस् भन्ने उदेश्यले बुढासुब्बाले यो फिल्म युट्युव लगायत प्लेटफर्ममा सार्वजनिक गरेको हो ।

यसको अलवा बुढासुब्बाले डिसहोमको ‘मूभि एण्ड डिमान्ड’ भन्ने च्यानलमा गत फागुुनबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ समेत राखेर कारोबार गरिरहेको छ । यस्तै बुढासुब्बाले नेट टिभीको ‘भिडियो अन डिमान्ड’ भन्नेमा समेत फिल्म राखेको छ । यो प्लेटफर्ममा ‘लभ डायरी’, ‘पोइ पर्यो काले’, ‘ए मेरो हजुर ३’, ‘लभ यु हमेसा’ लगायतका ५ फिल्म राखेको बुढासुब्बाले जानकारी दियो ।

लकडाउनमा घरमै क्वारेन्टाइममा बसेकाहरुका लागि समय बिताउन सजिलो हुन्छ भनेर कम्पनीले फिल्म सार्वजनिक गरेको बुढासुब्बा डिजिटलका म्यानेजर विश्व खड्काले बताए । ‘युट्युवमा साउथ र हिन्दी फिल्म मात्र कति हेर्नु’ उनले भने ‘ नयाँ नेपाली फिल्म पनि हेर्न पाउनु पर्यो नि ।’

व्यवसाय होइन, सेवा हो
बुढासुब्बापछि अहिले डिजिटल प्लेटफर्ममा धेरै फिल्म ल्याउने ओएसआर डिजिटल पनि हो । ओएसआरले अहिले केही समयको अन्तरालमा दुई फिल्म युट्युवमा ल्याएको छ । अघिल्लो साता ‘प्रेम दिवस’ फिल्म युट्युवमा ल्याएको ओएसआरले अहिले फेरि ‘अनुराग’ फिल्म सार्वजनिक गरेको छ ।
– रातोपाटीबाट

हेर्नुहोस् सर्ट फिल्म हाम्रो GF

सम्बन्धित खवर