क्रेजी साप्ताहिक
पथरी । कोरोना संक्रमणको जोखिम नेपालमा पनि बढ्दै गएपछि विभिन्न ठाउँहरुमा विभिन्न संघ संस्थाहरुले सुरक्षाका उपायहरु अपनाइरहेका छन् । यसैबिचमा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं १० स्थित जिरिखिम्तीमा बाहिरबाट आउने ब्यक्तिहरुलाई प्रवेश निशेध गरिएको छ ।
स्थानिय युवाहरुले जिरिखिम्तीमा अन्य गाउँपालिका, नगरपालिका तथा अन्य देशबाट आउने परिचित तथा अपरिचित सबैलाई प्रवेशमा कडाइ गर्ने भएको हो । बाहिर गएर आउने स्थानियहरुलाई पनि क्वारेन्टाइनमा बसेर मात्र प्रवेश गर्न स्थानिय युवाहरुले आग्रह गरेका छन् । आग्रहलाई बेवास्ता गरि बस्नेलाई जनप्रतिनिधि तथा प्रशासनको सहयोगमा क्वारेन्टाइनमा पठाइने उनिहरुले निर्णय गरेका छन् । स्थानिय अगुवा युवा हरि निरौलाको पहलमा सो निर्णय गरिएको हो ।

