
क्रेजी साप्ताहिक
इटहरी । राहत वितरणमा अनियमितता गरेको भन्दै सुनसरीको दुहबीमा झडप भएको छ । दुहवी ९ छातावलीमा दुई पक्षबीच आज भएको झडपमा एक प्रहरीसहित झन्डै दर्जनौ युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ । झडपमा प्रहरी जवान अनिल यादव घाइते छन् ।
इलाका प्रहरी कार्यलय दुहबीका इन्पेक्टर प्रबिण कार्कीकाअनुसार घाइतेको अवस्था सामान्य छ भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुई पक्षबीच यसअघि पनि पटकपटक झगडा हुने गरेको कार्कीले बताए । राहत वितरणमा वडाध्यक्षलगायतले अनियमितता गरेको भन्दै एक स्थानीय युवाले फेसबुकमा लेखेका थिए । सोही विषयमा छलफल गर्न भेला भएको बेलामा दुई पक्षबीच झडप भएको हो । वडाले राहत वितरण आइतबारबाट सुरु गरेको थियो । यता दुहबी ९ का वडाअध्यक्ष मेहदी हुसैनले राजनीतिक पूर्वाग्राहका कारण आरोप लगाएको र छलफलको क्रममा झडप भएको बताए ।

