क्रेजी साप्ताहिक
पथरी । कोरानाभाईरस नियन्त्रणको नाममा १० लाख रकम निकालेर आफ्नो जेपमा बोक्ने मोरङ पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य कर्मचारी मुरारी आचार्यलाई रकम छिट्टै फिर्ता गर्न निर्देशन दिइएका छ ।
कोरोनाभाइरस नियन्त्रणको नाममा नगरको स्वास्थ्य कर्मचारी मुरारी आचार्यको निवेदनको आधारमा नगर प्रमुख दिलिपकुमार राईको तोक आदेशमा १० लाख रकम निकासा गरी गोजीमा बोकेको विषयमा विभिन्न अनलाइन मार्फत् सार्वजनिक भएको थियो ।
कोरोनाभाइरस नियन्त्रणको नाममा कार्यपालिकाको एक जना पनि सदस्यहरुलाई जनकारी नगराइ नगर कोषको १० लाख निकालेर स्वास्थ कर्मचारी मुरारी आचार्यले सार्वजनिक खरिद ऐन विपरित सामान खरिद गर्ने प्रयास गरेका थिए । उक्त विषय सार्वजनिक भएपछि नगरको प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले स्वास्थ्यको कर्मचारी मुरारी आचार्यलाई चैत २३ गते आफ्नै कार्यालयमा बोलाएर रकम नगरको खातामा फिर्ता गर्न निर्देशन गरेको धमलाले जानकारी दिए ।
पर्याप्त कारण बिना नै नगरको खाताबाट १० लाख निकालेर आचार्यले आफूसँग राखेका थिए । सो रकम निकाल्न नगर प्रमुख र प्रशासकीय अधिकृत कसैले पनि जानकारीसम्म नदिएको कार्यपालिका सदस्यहरुले बताउँदै आएका छन् ।
कोरोनाभाइरस र लकडाउनले मानिसको ध्यान केन्द्रित गरेको बेला कर्मचारी मुरारी आचार्यको गलत योजनामा लागेर नगर प्रमुख दिलिप कुमार राई सामान खरिद गर्न पछिपछि लागेको बुझिएको छ । नगरको रकमबाट सरकारी नियम विपरित व्यक्तिगत सपिङ झै मुरारी आचार्यले सामान खरिद गरेको विषयमा समाचार आइसकेको छ ।
भ्रष्ट मनसायले १० लाख रकम निकालेर कर्मचारीसँग राखिएको विषयमा निरन्तर समाचार प्रकाशन भएपछि प्रशासकीय अधिकृत अम्बिकाप्रशाद धमलाले उक्त रकम नगरको खातामा फिर्ताको लागि निर्देशन दिन बाध्य भएका हुन् । सो रकम फिर्ता नगरे पथरी शनिश्चरे नगरवासी आन्दोलनमा उत्रिने दबाब आउन थालेको थियो । नगरको स्वास्थ्य कर्मचारी मुरारी आचार्यलाई धमलाको निर्देशनपछि सो रकमबाट खरिद भएको बिल भर्पाई पेश गरेर बाँकी रकम फिर्ता गर्ने निवेदन पेश गरेको बुझिएको छ । खरिद गरेको भनिएको १० वटा बेड, १५ वटा स्थानीय पीपीई (रेनकोट), तन्ना, सिरानीको बजार मूल्य बुझ्ने र त्यो कार्यपालिकाले निर्णय गरेपछि मात्र लेखाले बुझ्ने नगरको लेखा प्रमुख शान्तबहादुर थापाले बताए । स्वास्थ्य कर्मचारी आचार्यले बिल बुझाउदैमा मूल्य अध्ययन नगरी पास नहुने लेखा शाखाको भनाइ छ ।