पथरीबाट हराएका हर्कसिंह सात दिनपछि भेटिए - Crazysaptahik.com

पथरीबाट हराएका हर्कसिंह सात दिनपछि भेटिए

क्रेजी साप्ताहिक
पथरी । आफ्ना बुबा भेट्न आएका ७३ वर्षीय वृद्ध हर्कसिंह जबेगु हराएको ७ दिनपछि भेटिएका छन् । मोरङ पथरीशनिश्चरे ७ सृजना टोलबाट हराएका वृद्ध चैत २३ गते बेलबारीको कसेनीमा भेटिएका थिए । विभिन्न अनलाइनहरुमा समाचार आएपछि खोजी कार्यलाई तिव्रता दिइएको थियो ।

विराटचौकका एक व्यक्तिले समाचार देखेपछि दुई दिनअघि आफ्नै घरमा आएर बसेको र नास्ता खाएर हिडेको बताए । ती व्यक्तिले फेसबुकमा वृद्ध जबेगुको फोटो पोस्ट गर्दै लेखेका थिए – पथरीशनिश्चरेका साथीभाइहरु यी वृद्ध विराटचौक छेउछाउमा नै छन् मैले प्रहरीलाई खबर गर्दा लकडाउनले गर्दा राख्न मिल्दैन भनेपछि वृद्ध यहाँबाट हिडे । यसरी विराटचौक छेउछाउमा छन् भन्ने जानकारी आएपछि खोजी कार्यमा खटिएका युवाहरु त्यतातिर लागे ।

हर्कसिंह जबेगु बुबा र श्रीमतीका साथ l

यसैगरी खोजी कार्य भइरहेको थियो युवाहरु इटहरी छेउ पुगेका थिए । सोही बेला ती वृद्ध कसेनीका स्वास्थ्यकर्मी उमा घिमिरेले विभिन्न अनलाइनका समाचारमा आएका वृद्ध उनै हुन् भनेर उनलाई कसेनी स्वास्थ्य चौकीमा राखेर परिवारलाई सम्पर्क गरेकी थिइन् । त्यसपछि वृद्धलाई लिन खोजी कार्यमा खटिएका युवाहरु र लेटाङ प्रहरी कसेनी पुगेर वृद्धलाई घरमा ल्याएका थिए ।

वृद्धलाई भेट्ने व्यक्तिलाई उनको परिवारबाट रु. १ लाख उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेको थियो । वृद्धलाई भेट्ने कसेनीका घिमिरेले भनेकी छिन्–‘यो एउटा दुःखद परिस्थितिमा पुरस्कार स्वरुपको एक लाख म लिन्न, यदि तपाईहरु राजी हुनुहुन्छ भने यो संक्रमणको समयमा यही स्थानमा राहत स्वरुप पीडितलाई सहयोग गरौं ।’

भिडियो हेर्नुहोस् :-

 

 

 

सम्बन्धित खवर