लकडाउनमा के गर्दैछन कलाकार तथा सेलीब्रेटीहरु - Crazysaptahik.com

लकडाउनमा के गर्दैछन कलाकार तथा सेलीब्रेटीहरु

प्रेमप्रसाद भट्राई (के.डी)
पथरी । देशमा अहिले लकडाउनको अवधी जारि छ । विश्वभर फैलीएको कोरोना भाइरसका कारण नेपाल सरकारले ‘लकडाउन’ घोषणा गरेको २ साता बित्न लागेको छ । लकडाउनको अवधी अझै बढ्ने संभावना बढ्दै गएसंगै जनमानसको दिनचर्या कठिनाइमा बितिरहेको अवस्था छ । यस्तो अवस्थामा नेपालका विभिन्न क्षेत्रमा रहेका कलाकार तथा सेलीब्रेटीहरुको दिनचर्या कसरी बितिरहेको छ त ? हामिले सो बिषयमा संभव भएसम्मका ब्यक्तिहरुसंग जानकारी लिने कोशिष गरेका छौँ । के भन्छन त उनिहरु पढ्नुस उनिहरुको भनाइ जस्ताको तस्तै :

निलडेभिड कट्वाल (हेयरस्टाइयलस्ट) :
लकडाउनले बाहिरको कार्यमा खासै ध्यान दिएको छैन । दिनभरि घरमै ब्यस्त हुनुका साथै सामाजिक दुरि कायम गर्दै वृद्धवृद्धाको सेवामा समय बिताउँछु । नयाँ नयाँ परिकार बनाउन मलाई जाँगर चल्छ, त्यसैले नयाँ नयाँ परिकार बनाउने गर्दछु । साथै लकडाउन पछिको नयाँ विजनेश प्रोजेक्टको बारेमा सोचीरहेको छु ।

मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) :
अहिले कलाकारलाई मात्र हैन सबैको जनजिवन अस्तब्यस्त छ । यहि विषयबस्तुमा आधारित एउटा सर्ट फिल्म ‘लकडाउन’ बनाउने योजना भएको हुँदा यसको तयारीमा छु । अरु त खासै केही छैन । घरबाट बाहिर सकेसम्म निस्कन्न, अत्यावश्यक कार्यमा निस्कनुपरे पनि सुरक्षाको उपाय भरपुर अपनाएर मात्र निस्कदैछु ।

आशिष सचिन (गायक) :
अहिलेको यस्तो परिस्थितिमा खासै ब्यस्त हुने कुरा भएन । घरमै सुरक्षीत भएर बसिएको छ । यसबाहेक विभिन्न गितसंगित सुन्ने तथा नयाँ गितको तयारी पनि छु । अहिले म नयाँ गित ‘गलबन्दी पछ्यौरी’ को तयारीमा ब्यस्त छु । लकडाउनपछिको उपयुक्त समयमा रिलिज गर्ने योजना छ ।

रन्धीर श्रेष्ठ (गितकार) :
लकडाउनले गर्दा आज भोलि घरबाहिर निस्कन पाइएको छैन । यस्तो समयमा अहिले भित्रै बसेर चलचित्र “एक करोडको नोट“ को सम्पादन गर्दै छु, साथै पुराना बाकि रहेका भिडियोको सम्पादन पनि गर्दैछु

नन्दु गुरुङ (गायक) :
लक डाउनको समय भएकोले अत्यावश्यक काम बाहेको अबस्थामा बाहिर ननिस्कि घर भित्रै बसेको छु । यो समयलाई केही सृजनात्मक कार्यमा खर्च गरिरहेको छु । साथै केही साहित्यका पुस्तक, सिनेमा र विशेष त आफु संगितमै लागेको हुनाले नया सृजना हरुको प्रयास गरिरहेको छु । केही शब्द कोर्ने प्रयास,संगित भर्ने काम र सांगितिक अभ्यासमा धेरै जसो समय बितिरहेको छ । यसबाहेक साथीभाइसँग फेसबुक तथा फोनमा नै जानकारी आदानप्रदान गरिरहेको छु ।

गोपाल काजी कायस्था (फिल्म बितरक) :
लकडाउनको समय छ । बाहिर निस्कीएको छुइन् । साथै आफ्ना परिवार र साथीभाइहरुलाई पनि सुरक्षीत रहने सल्लाह दिँदै फोन सम्पर्क स फेसबुकबाटै खबर आदानप्रदान हुन्छ । यसबाहेक सार्वजनिक स्थल जस्तै मठमन्दिर सरसफाइमा पनि सुरक्षीत तरिकाले जुटिरहेको छु ।

ऋषि लामिछाने (कलाकार/ निर्देशक)
लकडाउनको पुरा समय परिवारलाई दिएको छु । फिल्म हेर्ने तथा पुस्तक पढेर दिन कटिरहेको छ । श्रीमति(सरिता लामिछाने) कलाकार मात्र नभइ एक लेखक पनि हु्न् । उनीसँगै बसेर कथा तथा टेलीसिरियलकै विषयमा कुराकानी हुन्छ । यसरी नै बितिरहेको छ ।

एलिना रायमाझी (मोडल/नायीका) :
लकडाउनका कारण नयाँ भिडियोहरुमा काम गर्न पाएको छैन । अहिले.परिवारमै बसेर पारिवारीक बातावरणमै रमाइरहेकोछु । यसका साथै टाढाका साथीहरुसँग फेसबुक तथा टेलीफोनमार्फत कुरा हुन्छ । अरु खासै केही छैन ।

सम्बन्धित खवर