
अर्जुन जम्नेली राई
पथरी । मोरङको पथरीशनिश्चरे नगरमा कोरोनाभाइरस संक्रमणको बेला कालो बजारी, खाद्य लगायतको समस्या भएमा नगरपालिकाले तुरुन्त समाधान गर्न ‘क्विक रेस्पोन्स’ हुने भएको छ ।
नगरको उप–प्रमुख यमुना बिष्ट बास्तोलाले समस्या समाधानको लागि ‘हेल्लो उपप्रमुख क्विक रेस्पोन्स’ कार्यक्रम सुरुवात गरेकी छन् । कोरोना संकटको अवसर पारेर कसैले कालो बजारी गरेको तथा मजदुर बर्ग भोकै सुत्न परेको र नगरभित्रको कुनैपनी समस्या समाधान गर्नका लागि सिधा उपप्रमुखसँग सम्पर्क गर्न यो कार्यक्रम सुरु भएको बुझिएको छ ।
कोरोनाभाइरस नियन्त्रणको लागि लामो लकडाउन भए पनि हालसम्म व्यापारीहरुले अस्वभाविक मूल्य बढाएको देखिदैन । सुरुमा एक दुई वटा पसलले मूल्य बढाएको प्रमाणित भएपछि उपप्रमुख यमुना बिष्टको टोलीले कारवाही गरेको थियो ।

