लकडाउनको अवज्ञा गर्दै जीवन विकासद्वारा कार्यालय सञ्चालन - Crazysaptahik.com

लकडाउनको अवज्ञा गर्दै जीवन विकासद्वारा कार्यालय सञ्चालन


क्रेजी साप्ताहिक
पथरी । कोरोना भाइरसका कारण देशभर लकडाउन जारी रहेका बेला यहाँको एक संस्थाले भने लकडाउनको अवज्ञा गर्दै कार्यालय सञ्चालन गरिरहेको छ । पथरीशनिश्चरे १ मा रहेको जीवन विकास लघुवित्त वित्तीय संघ लि. नामक संस्थाले लकडाउनको अवज्ञा गर्दै कार्यालय सञ्चालन गरिरहेको छ ।

लकडाउन घोषणा भएको १६ दिन बितिसक्दा पनि यो संस्थाले भने सुरुका दिन देखिनै निर्देशनको अवज्ञा गरिरहेको छ । नगरबासि अत्यावश्यक कार्यमा बाहिर निस्कनसमेत डराइरहेका बेला यस संस्थामा भने न त स्थानीय सरकारले नै बन्द गर्ने निर्देशन दिएको छ न त प्रशासनले नै ।

नेकपाका नेता समेत रहेका पथरीका डि.एन तिम्सिनाको घरमा रहेको सो संस्थालाई लकडाउनको पालना गर्न कतैबाट दबाब नहुनुले राजनैतिक संरक्षणको आशंका समेत स्थानीयले गरेका छन् । यसरी लकडाउनको उल्लंघन गर्दै कार्यालय सञ्चालन गर्ने र कर्मचारी तथा सेवाग्राही दैनिक आवतजावत गरिरहँदा जोखिम बढ्न सक्ने भएपनि कसैको ध्यान जान सकेको छैन ।

राहत बाँड्नका लागि सो संस्थाले आद्यान्न समेत खरिद गरिसकेको भएपनि स्थानीय सरकारसँग समन्वय नगरी राहत बाँड्न नपाउने नियम बनेपछि बरु राहत नबाँड्ने भन्दै सो संस्थाले आफ्नै कार्यालयमा राखेको गोप्य श्रोतले जनाएको छ । यस बिषयमा शाखाका प्रमुख सुवास कार्कीसँग बुझ्दा केन्द्रीय कार्यालयबाट बन्द गर्ने आदेश नभएको भन्दै अत्यावश्यक सेवाका लागि कार्यालय खुलाएको बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.