क्रेजी साप्ताहिक
मोरङ । मोरङको सुन्दरहरैचामा भिडभाड हटाउन गएका प्रहरी माथी ढुंगा प्रहार भएको छ । सुन्दरहरैचा ११ स्थित बेलपुर चौकमा तरकारी बजारमा भिडभाड अत्याधिक भए पछि मंगलबार प्रहरीले हटाउने प्रयास गर्दा प्रहरीमाथी ढुंगा प्रहार भएको हो ।
ईलाका प्रहरी कार्यालय बेलबारीका अनुसार तरकारी बजार हटाउन खोज्दा टाढाबाट एक जना व्यक्तीले प्रहरीको भ्यानलाई ढुंगा हानेको हो । ईलाका प्रहरी कार्यालय बेलबारीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन साथै लकडाउनलाई पुर्ण कार्यान्वयन गर्न आफ्नो ईलाकाको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

