वित्तीय संस्थामा भिडभाड नगर्न नपाको अनुरोध - Crazysaptahik.com

वित्तीय संस्थामा भिडभाड नगर्न नपाको अनुरोध


क्रेजी साप्ताहिक
पथरी । कोरोना भाइरसको संक्रमण रोक्ने अभियान स्वरुप मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरभित्र भिडभाड नगरी सामाजिक दुरी कायम गरेर निश्चित समय तोकी अति आवश्यक पर्ने बैंक तथा वित्तिय कारोबार गर्न अनुरोध गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा आज छड्के अनुगमन्मा गएको टोलीले वडा नम्वर १ स्थित जीवन विकास संस्था र सहारा नेपालको कार्यालयमा पुगेर अनुगमन गरेको छ । त्यहाँ मास्क र ग्लोब लगाएर कम्तिमा पनि डेढ मिटरको सामाजिक दुरी कामय गरेर मात्र साताको केही दिन केही घण्टा कार्यालय खुलाएर अति आवश्यकीय वित्तीय कारोबार गर्न सुझाव दिइएको समिति संयोजक वास्तोलाले जनाउनु भयो ।

ती दुई संस्थामा भीडभाड भएपछि टोलीले त्यसखाले सुझाव दिनु परेको उहाँले बताउनु भयो । टोलीले, पथरी नगर अस्पतालमा जान समस्या भएकी एक गर्भवती महिलालाई अस्पतालमा पुर्याउन सहयोग गरी अस्पतालको स्वास्थ्य गतिविधि पनि अवलोकन गरेको छ । कार्यपालिका सदस्य तथा समाजसेवी समेतको संयुक्त टोलीले ती क्षेत्रमा अनुगमन् गरेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.