क्रेजी साप्ताहिक उर्लावारी । उर्लावारीका व्यवसायी बिमल थापाले लकडाउन अवधीको घरभाडा नलिने घोषणा गरेका छन् । उनको घरमा व्यवसाय र भाडामा बसिरहेकाहरुलाई घरभाडा मिनाहा गर्ने भएका हुन् ।
लकडाउनका क्रममा व्यवसाय गर्न र श्रम गर्नेहरुका लागि समस्या परेको भन्दै उनले सो निर्णय गरेका हुन् । अलअरेबिया ओभरसिजका सञ्चालक तथा जेडीबी इटा उद्योगका सञ्चालक समेत रहेका बिमल थापाले १० जना विपन्न परिवारका सदस्यहरुलाई राहत समेत प्रदान गरेका छन् ।

